भक्तपुरमा बर्डफ्लू भेटियो

भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका-१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् । ती पोल्ट्री फार्मका कुखुरामा केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्लू भेटिएको पुष्टि गरेको हो ।…