एमसीसीको अनुमोदन र ‘व्याख्यात्मक घोषणा’को प्रचण्ड-जलप !

‘एमसीसीबाट घात भएमा तत्क्षण चार पाटा मुडेर थानकोट कटाउनु’ भन्ने सांसद्हरूलाई निगरानीमा राख्न सकिन्छ । एमसीसी पारित गरे देश रहँदैन भन्दै आएर अहिले पास गरेपछि बल्ल देश बच्ने भयो भनी पत्रकार सम्मेलन गर्ने नेतालाई कुन विशेषण दिने, संसद्मा टेबल गर्नुपरे शहीद बन्न तयार हुनेछु भन्ने सभामुखलाई कुन दर्जामा राख्ने, एमसीसी पास गर्नुपरे गठबन्धन तोडिन्छ-सरकार छोडिन्छ…