नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डले एकपक्षीय ढङ्गले गठबन्धन तोडेको प्रतिक्रिया दिएको छ । कांग्रेस संसदीय दलको आजको बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस गठबन्धनप्रति सदैव इमान्दार र प्रतिबद्ध रहेको र सहमतिअनुसार पालना गर्दै आएको भए पनि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एकपक्षीय ढङ्गले गठबन्धन तोडेको बैठकले निचोड निकालेको बताए…