सरकारले ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा छलफल सुरु गरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले जुम्ला विमानस्थलको रनवे विस्तारका लागि जग्गा अधिग्रहणलगायत विमानस्थलको स्तरोन्नतिको काम समेत अगाडि बढेको जानकारी गराउनुभयो । मुलुकको राजनीतिक परिवर्तनमा…