आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु, आमा गम्भीर घाइते

झापाको बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाहको प्रयास गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा भने गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन् । घटनामा दुवै जना…