काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित रु ६५ लाख बराबरको धनमाल चोरी भएको छ । पीडितको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा चोरीमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार फोहर उठाउने बहानामा दिउँसो माघ २८…