नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा बुधबार अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाललाई निर्णायक तवरमा काम गर्नसक्नेखालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राख्नुभयो । उहाँले एमाले त्यो राष्ट्रिय शक्तिका रुपमा रहे पनि निर्णायक तहमा…