तिहारका अवसरमा जुवातास खेलिरहेका ९० जना पक्राउ परेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौंबाट १७, कञ्चनपुरबाट ४२, सिन्धुलीबाट चार, डडेलधुराबाट १३, दार्चुलाबाट सात जना र सङ्खुवासभाबाट सात जना गरी ९० जना पक्राउ परेको जनाइएको छ । काठमाडौंको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दङ्गालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दङ्गालसमेत आठ जनालाई गएराति…