फिल्म अभिनेता अनमोल केसीलाई खोजेको समय हाजिर हुने गरी हाजिर जमानीमा हिरासतमुक्त गरिएको छ । आइतबार साँझ अभिनेता केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी उनकै सहोदर काका उज्ज्वल केसीको जिम्मा दिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले दिएको जानकारीअनुसार अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप…