नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । पूर्वसभामुख एवम् संविधानसभाका अध्यक्षसमेत रहेका नेता नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो । उनी हाल इलाम २ बाट प्रतिनिधिसभामा निर्वाचित सांंसदसमेत हुन् । स्वास्थ्यमा समस्या भएपछि राति नै उनलाई अस्पताल लगिएको थियो, तर त्रिवि शिक्षण अस्पताल पुर्याइएलगत्तै चिकित्सकले नेम्वाङको निधन भएको जानकारी गराएका थिए । नेम्वाङको…