सम्झौताविना टुङ्गियो अमेरिका-इरान वार्ता

मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौताविना समाप्त भएको छ । जेनेभामा बिहीबार घण्टौँ चलेको संवादपछि दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने सङ्केत स्पष्ट देखिएको छैन । वार्ताको मध्यस्थता गरिरहनुभएका ओमानका विदेशमन्त्री बद्र अल-बुसाइदीले ‘उल्लेखनीय प्रगति’ भएको बताए, तर कुनै ठोस सहमति सार्वजनिक भएन…