‘क्वार्ज क्रिष्टल’ गोरखा दरबारमा राख्ने सहमति

गत असारमा गोरखा नगरपालिका-७ सतिपिपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा अर्थात् ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमै राख्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा शनिबार भएको सर्वपक्षीय बैठकमा जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको ‘क्वार्ज क्रिष्टल’ ऐतिहासिक गोरखा दरबार परिसरमा राख्ने निर्णय भएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन् ।…