राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ललितपुरकी महालक्ष्मी नगर कमिटी उपाध्यक्ष पुजा बस्नेत विश्वकर्माले भक्तपुर क्षेत्र नम्बर २ नेपाली काङ्ग्रेसका उम्मेदवार कविर राणालाई जिताउने उद्घोष गरेकी छिन् । सोमबार (११ फागुन) बालकोटमा आयोजना गरिएको चुनावी सभामा पुगेकी विश्वकर्माले रास्वपाभित्र अवसरवादीहरु हाबी भएको भन्दै राणालाई विजयी गराउन आब्हान पनि गरिन् । 'म राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको व्यक्ति…