चिम्टेश्वर, देवीघाट र नुवाकोट दरबारमा एकीकरण अभियान विकास समिति गठन हुँदै

प्रकाश सिलवाल, चिम्टेश्वर (नुवाकोट) पृथ्वीनारायण शाहको एकीकरण अभियान र उहाँसँग जोडिएका नुवाकोट दरबार, देवीघाट र चिम्टेश्वरको संवर्द्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ‘नेपाल एकीकरण अभियान आरम्भ क्षेत्र विकास समिति’ गठन हुने भएको छ । ऐतिहासिक नुवाकोट दरबार, राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायणको समाधिस्थल देवीघाट र पर्यटकीयस्थल चिम्टेश्वरलाई धार्मिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण तथा संवर्द्धन…