राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौंबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबारदेखि काठमाडौं–दमाम गन्तव्यमा सिधा उडान सञ्चालन गरिएको छ । उडान तालिकाअनुसार काठमाडौंबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा एक सय २६ यात्रु रहेका थिए भने काठमाडौं फर्कदा एक सय १७ यात्रु रहेको…