कञ्चनपुरको पुनर्वास नगरपालिका-५ उद्रीका देव बोगटीको १० कट्ठा जमिनमा गरेको धानखेती पूरै सखाप भएको छ । धानका बोेट सुकेका र केही बोट रातो-पहेँलो भएका छन् । साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटीले बताउनुभयो । बाढीपछि एकाएक धान सुक्न थालेको र विषादी छर्कदा समेत सुधार नभएको र सबै बाली सखाप भएको उहाँको…