खुल्यो तुम्लिङटार विमानस्थल

प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको सङ्खुवासभास्थित तुम्लिङटार विमानस्थल आज (४ फागुन)देखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौं उडान भएको छ । काठमाडौं–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले जानकारी दिए । तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको थियो । यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा…