नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा मंगलबार सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ रहेको छ । अर्को सुनुवाइ बिहीबारका लागि राखिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । गर्भनर अधिकारीले बिनाजानकारी र बिनास्पष्टीकरण आफूमाथि छानबिन…