१० प्रतिशत सेवाशुल्क नलिने रेबानको निर्णय

छविलाल बगाले रेष्टुरेन्ट एण्ड बार एसोसिएन अफ नेपाल (रेवान)ले उपभोक्ताबाट लिइने १० प्रतिशत सेवा शुल्क हटाएपछि व्यवहारिक र कानूनी अधिकार कटौती गरिएको भन्दै मजदुर आन्दोलनमा छन् । तर, रेवानले भने उपभोक्ताको स्वेच्छिक अधिकारको विषयमा कसैले पनि असन्तुष्टि जनाउनुको अर्थ नहुने भन्दै निर्णय फिर्ता नहुने बताउँदै आएको छ । रेबान र ट्रेड युनियनबीचको सहमतिअनुसार २०६४ माघमादेखि…