स्वचालित मूल्य समायोजनको विकल्प नभएको जिकिर

नेपाल आयल निगमको भविष्य र स्थिरतासँग जोडिएकाले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य समायोजनको विकल्प नरहेको जानकारी संसदीय समितिलाई दिइएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङकन समितिको बिहीबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले पछिल्लो तीन महिनामा निगम ठूलो नोक्सानीमा रहेकाले मूल्य समायोजनको विकल्प नरहेको जानकारी दिए ।…