नेपाल र भारतबीच ‘इनर्जी बैकिङ’मा सहमति, विद्युत महसुल नबढाउने

नेपाल र भारतबीच ‘इनर्जी बैकिङ’मा सहमति भएको छ । वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा भारतबाट आयात गर्ने नेपालको योजनामा भारतले सहमति जनाएको हो । ‘इनर्जी बैंकिङ’ नेपालको उर्जा क्षेत्रका लागि कोशढुंगा सावित हुने ठानिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विद्युत आदान–प्रदान समिति (पावर एक्चेन्ज कमिटी–पिइसी) को १३ औं बैठकले नेपाल–भारतबीच…