नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि एसियाली विकास बैंक(एडिबी)ले करिब सात अर्ब आठ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले यससम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर गरेका छन् । नेपालको विद्युत् प्रणालीको विकास र विस्तारका लागि एडिबीले निरन्तर सहयोग…