थाई एयरले पुनः थाल्यो काठमाडौं-ब्याङ्कक उडान

थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले आजदेखि काठमाडौं-ब्याङ्कक उडान पुनः सुरु गरेको छ । कोभिड-१९ का कारण काठमाडौंको उडान बन्द गरेको कम्पनीले पुनः उडान सुरु गरेको हो । कम्पनीले कोभिडका कारण २५ मार्च २०२० देखि काठमाडौं गन्तव्यको उडान बन्द गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयरवेजले आइतबारदेखि पुनः उडान सुरु…