राजधानीका ११ स्थानमा पशु-स्वास्थ्य परीक्षण

सुरेन्द्र सुवेदी, काठमाडौं पशु स्वास्थ्य विभागले दशैंमा काटिने पशुहरुको स्वास्थ्य परीक्षण गर्न थालेको छ । राजधानी भित्रने नाकाहरुमा परीक्षण सुरु गरिएको विभागले जनाएको छ । दशैंको ९ दिनसम्म उपत्यकाका कलंकी खसीबजार, बल्खु कालीमाटी माछा बजार, चोभार नाका र चाल्नाखेल राँगाबजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसीबजार, सल्लाघारी च्याङ्ग्रा बजार, बालाजु वाइपास नाकामा यस्तो…