कोभिड-१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान ५८ दिनपछि बिहीदेखि पुनः सञ्चालनमा आएको छ । निषेधाज्ञापछि शुरु भएको हवाई उडानको पहिलो दिन यात्रुको निकै उत्साहजनक सहभागिता रह्यो । निषेधाज्ञाअघिको उडान हुने सङ्ख्याका आधारमा अहिलेलाई ५० प्रतिशत मात्रै उडान अनुमति दिइएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४…