पेट्रोलियमको मूल्य पुन: वृद्धि, निगम अझै घाटामा रहेको दाबी

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको तर्क दिँदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य वृद्धि गरिएको निगमले एक विज्ञप्तिमार्फत् जनाएको छ । निगमले जनाएअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक उडान)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले…