सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम कोरोना भाइरस सङ्क्रमणको त्रासले स्थगित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण नेपालमा समेत देखापरेपछि सरकारले मङ्गलबारबाट लकडाउन गरेको हो । लकडाउन गरेपछि अरुण तेस्रोको काम स्थगित गरेको जनाएको छ । भारतीय निर्माण कम्पनी सतजलले जलविद्युत् निर्माणको काम मङ्गलबार (११ चैत) बाट स्थगित गरेको…