ब्याजमा ५ प्रतिशत सहुलियत पाएपछि कृषिऋण लिने बढे

सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको संख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मंसिर मसान्तसम्म नौ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत व्याज अनुदान दिएको छ । राष्ट्र बैंकको विवरणअनुसार…