रक्सौल नाकामा यात्रीलाई सास्ती

नेपाल–भारत सीमा क्षेत्रको रक्सौल रेल्वे साइडिङ र एकीकृत भन्सार जाँचचौकी (आइसिपी) को व्यवस्थापन नहुनु तथा रक्सौल–वीरगञ्ज नाका व्यवस्थित नभएकाले आवतजावत गर्ने दुवै देशका नागरिक घण्टौँसम्म जाममा फस्ने हुनाले दुर्घटनाको शिकार हुने गरेको गुनासो आउन थालेका छन् । भारत सरकारको कमीकमजोरीका कारण तथा ट्राफिक व्यवस्थापन नभएकाले घण्टौँसम्म रक्सौल नाका जाम हुने गरेको बताउँदै सीमावर्ती भारत–रक्सौलस्थित टेक्सटाइल…