दशैं, तिहारलगायतका चाड मनाउन राजधानीबाट सर्वसाधारण बाहिरिन थालेपछि काठमाडौं उपत्यकामा अण्डाको खपत घटेको छ । खपत घटेसँगै मूल्यमा पनि गिराओट आएको सम्बद्ध व्यवसायीहरुले जनाएका छन् । नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारीअनुसार ठूलो आकारका एक क्रेट अण्डाको फार्मबाट किसानले बिक्री गर्ने मूल्य ३ सय ३० कायम गरिएको छ भने मध्यम आकारको अण्डाको खरिद मूल्य प्रतिक्रेट…