‘पछिल्ला डेढ–दुई दशकयता नेपाली जनता विदेशको निम्ति बाँच्दै आएका देखिएकै थियो, नेताहरू त झन् विदेशीकै लागि खटिएका रहेछन् !’ दुःखपूर्ण व्यङ्योक्तिका साथ सचेत–जनद्वारा आजभोलि यस्तै अभिव्यक्ति दिइएको सुनिन्छ । बेरोजगारीबाट आक्रान्त भई रोजगारीको निम्ति खाडी देश, मलेसिया तथा अन्य मुलुक पुगी रगत–पसिना बगाउन विवश नेपाली जनता प्रकारान्तरले ‘विदेशको निम्ति बाँचेका’ भन्दा अन्यथा ठहरिँदैन पनि ।…