राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय नेपालका सात प्रदेश प्रमुखलाई शपथ खुवाउने क्षणलाई क्यामेरामा सुरक्षित गर्न व्यग्र प्रतीक्षारत थियौं, हामी संवाददाता र फोटोपत्रकार । शुक्रबार शीतल निवासको दक्षिणी ढोकामा पत्रकारको भीड यसै ऐतिहासिक क्षणका लागि थियो । अपराह्न ३ बजेपछि पत्रकारको परिचयपत्र र शरीर जाँचपछि सैनिक निगरानीमा हामीलाई राष्ट्रपति भवनको सञ्चार कक्षसम्म पुर्याइयो । लामा लेन्स र…