सरकारले कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा निःशुल्क दिने भनेको २० किलो चामलमा नेपाल खाद्य संस्थानका कर्मचारीले रकम असुल्ने गरेका छन् । २०७३ भदौ २३ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले संसदमा कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा चामल अनुदान दिने घोषणा गरेका थिए । त्यसअनुरुप हुम्लासहित कर्णालीको मुगु, जुम्ला, कालिकोट र डोल्पामा खाद्य संस्थानका जिल्ला शाखाले गाउँ, नगरपालिकाको…