प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता प्रचण्डले परिवर्तित राजनीतिक परिस्थितिबारे संसदीय दललाई जानकारी गराएका छन् । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्रीले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पारेको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका मुख्य सचेतक पाण्डे र राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर…