मन्त्री हेरफेरको हल्लाले आफ्ना मन्त्रीलाई कर्मचारीले नटेरेको माधव नेपालको भनाइ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने जनाएका छन् । केही दिनयता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचारहरु सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताएका हुन् । सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा मन्त्री हेरफेर गर्ने पक्षमा पार्टी नरहेको बताएका हुन्…