नारद कोहार, तौलिहवा सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै हुने गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । नेपाली कांग्रेस बाणगंगा नगरसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्थानीय निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकार प्रयत्नशील रहेको जानकारी दिए । सबैको सहयोगले निर्वाचन सम्पन्न हुन्छ भन्नेमा सरकार विश्वस्त रहेको र निर्वाचनमा अहिलेसम्म भाग नलिएका दलहरुले…