राष्ट्रियसभा सदस्यमा मनोनित भई सत्तारुढ दल नेकपाका उपाध्यक्ष बामदेव गौतमले मन्त्री बन्ने सार्वजनिक अभिव्यक्ति दिइरहेकै बेला उनलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय नै असंवैधानिक भन्दै सो निर्णय बदर गर्न रिट दर्ता गरिएको छ । गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको हो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा…