विगत साढे दुई वर्षदेखि अर्थमन्त्रालय कब्जा गरेर बसेका युवराज खतिवडालाई राष्ट्रिय सभामा नदोहोर्याइने भएपछि बित्तीय क्षेत्रमा खुशियाली उत्पन्न भएको पाइएको छ । अब अर्थमन्त्रालयले युवराजबाट मुक्ति पाउने विश्वासका आधारमा देशको सबै ब्यावसायिक क्षेत्र यसरी खुशी हुन पुगेको हो । तर, युवराज खतिवडा भने बुधबार (१७ भदौ) सम्म आफू निरन्तर पदमा रहने शतप्रतिशत विश्वासमा थिए ।…