प्रतिपक्षमा भएर पनि नेपाली कांग्रेस लोकतान्त्रिक संस्कृतिकै लागि जिम्मेवार राजनीतिक दलको भूमिकामा लागेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दाबी गरेका छन् । कागजमा लोकतन्त्र र निर्वाचन पद्धति राख्दैमा जनताका अधिकार सुरक्षित हुन नसक्ने भएकाले युवा वर्ग सचेत हुनुपर्ने धारणा पनि उनले राखे । सेन्टर फर डेमोक्रेसीले शनिबार (१८ माघ) काठमाडौंमा आयोजना गरेको ‘नेपालमा लोकतन्त्रका चुनौती…