एक महिना अघिदेखि पार्टीमा देखिएको आन्तरिक विवाद समाधान भएको नेपाली काङ्ग्रेस नेतृत्वले दाबी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार (१० माघ) बसेको पार्टीका शीर्ष तहका नेताहरूको बैठकले आन्तरिक विवादको समाधान निकालेको बैठकमा सहभागी नेताहरूले बताएका छन् । सभापति देउवाकै विशेष अग्रसरतामा शुक्रबार बैठक बसेको थियो । काङ्ग्रेसमा गत पुस ११ गते…