सांसदहरूद्वारा सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण

सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदले नेपाल–भारत सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आज (७ पुस)को बैठकको विशेष समयमा सांसदहरूले सीमा विवाद समाधान गर्न सरकारले चालेको कदम सकारात्मक भए पनि सरकारको प्रयासले मूर्तरूप लिन नकसकेको भन्दै थप गम्भीर भएर लाग्न सुझाव दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खिमलाल भट्टराईले…