राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुस ४ का लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान भइसकेको छ । तर, प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयकै महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेर जेलजीवन व्यतीत गर्न पुगेपछि करिब दुई महिनादेखि सभामुख पद रिक्त छ । संसद् प्रारम्भ भएपछि संसद्ले सर्वप्रथम आफ्नो सभामुख चयन गर्नुपर्ने मूल मुद्दा बनेको…