नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम र केन्द्रीय सदस्यको कार्यविभाजन आगामी आइतबार टुङ्गो लगाउने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले अन्तिम निर्णय गर्न नसकेपछि जेठ ५ लाई सारिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका हुन् । आज (बिहीबार)को बैठकले २० भन्दा बढी जनवर्गीय सङ्गठनको एकता भने टुङ्गाएको छ…