काङ्ग्रेस जागरण अभियान : ‘नेतृत्वप्रति आक्रोश’

मोरङको उर्लाबारीमा आइतबार आयोजित नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् । काङ्ग्रेस उर्लाबारी नगर समितिले आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताले प्रदेश र सङ्घीय निर्वाचनको पराजय र त्यसपछि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै कार्यकर्ताले नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन् । काङ्ग्रेसका पूर्व जिल्ला सदस्य राधाकृष्ण पोख्रेलले काङ्ग्रेसभित्र…