‘राजनीतिक एजेण्डा नरहेको’ प्रष्ट्याउँदै प्रचण्ड भारत प्रस्थान

पूर्वनिर्धारित कार्यक्रमअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारत प्रस्थान गर्दैगर्दा प्रचण्डले आफ्नो भ्रमणको उद्देश्य प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण गर्नु रहेको बताएका छन् । भ्रमणको कुनै…