प्रकाण्डलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

केही दिनअघि पक्राउ गरी हिरासतमा राखिएका विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डलाई अदालतसमक्ष प्रस्तुत गर्न सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । सरकार तथा गृहमन्त्रालयलाई विपक्षी बनाई प्रकाण्डका छोरा नरेन्द्रबहादुर सिंह बिश्वकर्माद्वारा दायर गरिएको मुद्दामा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो । निवेदकका तर्फबाट वरिष्ठ…