प्रधानमन्त्री पदबाट असमयमा राजीनामा दिएर सहकर्मी राजनीतिक दलहरूलाई स्तब्ध एवम् खिन्न तुल्याउनुहुने माधवकुमार नेपालले प्रजातान्त्रिक गठबन्धन र प्रजातान्त्रिक आन्दोलनप्रति फेरि अर्को धोखाधडी गर्नुहुने हो कि भन्ने आशङ्का पैदा भएको छ । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन या आफैं प्रधानमन्त्री बन्ने मूल्यमा एमाले पार्टी नै विभाजन गर्न पनि झलनाथ खनाल तयार रहनुभएको पाइएपछि नेपाल आत्तिनुभएको बुझिएको…