झलनाथ खनाललाई पट्याएर फुर्तीसाथ सत्तामा सहभागी हुने तयारीमा रहेको नेकपा माओवादीले दुई साताभित्र दुईपटक सरकारमा नजाने निर्णय गर्यो । एमाले केन्द्रीय कमिटीको बैठकले सातबुँदे सम्झौतालाई परिवर्तन गर्ने निर्णय लिएपछि माओवादी नेतृत्व थप निराश बनेको छ । 'नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छाबाबुको अनुहार' भन्ने अवस्थामा पुगेको माओवादीले जतिसुकै घुर्की र धम्कीको भाषा बोले पनि…