संविधानसभाका अधिकांश सदस्यहरू समयमै संविधान निर्माण गर्न नसकेकोमा भन्दा पनि सभाको कार्यकाल सकिन लागेकोमा ज्यादा चिन्तित देखिएका छन् । सभासद्हरूमध्ये अधिकांशले आफ्ना नेताहरूस“ग संविधानसभाको कार्यकाल थप गर्ने विषयमा आफ्नो धारणा प्रकट गर्न थालेका छन् । सरकारविरुद्ध क्रियाशील एमालेका केही सभासद्हरूले प्रधानमन्त्रीस“ग भेट गरी संविधानसभाको कार्यकाल थप गर्ने ग्यारेन्टी दिने भए आफूहरू सरकारविरुद्ध नलाग्ने बताएका छन्…