पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन् । विगत एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । मरुगणेशस्थित शर्मा निवासमै पुगेर ओमनारायण श्रेष्ठले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिना अघि प्यारालाइसिसबाट थलिएका…