कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा ढुक्क नभएको बताएका छन् । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिले आइतबार (७ मंसिर) सुर्खेत वीरेन्द्रनगरमा गरेको सरकारसँगको छलफलमा मन्त्री भण्डारीले निर्वाचन मिति र प्रतियोगिता सञ्चालनको हुने अवधि एउटै भएकाले अझै आशंका उब्जिएको बताए । सङ्घीय सरकारले पटकपटक प्रतियोगिताको मिति घोषणा गर्ने र सार्ने…