नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङलाई सम्मान गरिएको छ । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले उनलाई सम्मान गरेका हुन् । मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा स्वर्णपदक जितेकामा हौसलास्वरुप एरिकालाई नगद रु ५० हजारसहित प्रशंसापत्रबाट सम्मान गरिएको हो । एरिका डब्लुकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् ।…