कोरोना भाइरसका कारण विश्वका प्रमुख खेलकुद प्रतियोगिता स्थगित भैरहेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ट्वान्टी–२० विश्वकप क्रिकेट निर्धारित समयमै हुने जनाएको छ । आइसीसीले सो कुराको जानकारी चैत्र ४ गते मंगलवार गराएको हो । आइसीसीले ट्वान्टी–२० विश्वकप निर्धारित समयमै हुने बताउँदै उक्त स्थानहरुमा कोरोनाको प्रभावको वारेमा स्थानिय आयोजक कमिटीले विशेष निगरानी गरिरहेको बताएको छ ।…